दफा २३
निजी वा सार्वजनिक घर जग्गामा पाइप बिच्छ्याउन सक्ने
(१) बोर्डले उपभोक्तालाई खानेपानी वा सरसफाई सेवा उपलब्ध गराउने प्रयोजनको लागि निजी वा सार्वजनिक घर जग्गामा पाइप बिच्छ्याउन वा अन्य संरचना बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पाइप बिछ्याउँदा वा सोसँग सम्बन्धित अन्य संचरना बनाउँदा कुनै व्यक्तिको निजी घर जग्गामा कुनै किसिमले हानि नोक्सानी पर्न गएमा बोर्डले सोबापत सम्बन्धित घर जग्गाधनीलाई मनासिब क्षतिपूर्ति दिनु पर्नेछ ।